सीजेपीको आन्दोलनले गले शिक्षामन्त्री धर्मेन्द्र प्रधान, प्रधानमन्त्री मोदीलाई पठाए राजीनामापत्र

सीजेपीको आन्दोलनले गले शिक्षामन्त्री धर्मेन्द्र प्रधान, प्रधानमन्त्री मोदीलाई पठाए राजीनामापत्र
सुन्नुहोस्

भारत : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले अन्ततः पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको माग गर्दै करिब एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा सीजेपीले आन्दोलन गरिरहेको थियो ।

नीट पेपर लिक (प्रश्नपत्र चुहावट) प्रकरणलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेका थिए । यसअघि कांग्रेससहित विभिन्न विपक्षी दलले पनि उनको राजीनामा माग्दै आएका थिए । धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाओस्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र हाम्रा विद्यार्थीले आफ्नो समय अध्ययन तथा भविष्य निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ मैले सम्माननीय प्रधानमन्त्री ज्यूलाई आफ्नो राजीनामापत्र पठाएको छु ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.