बिहारमा विद्यार्थीको प्रदर्शन, पटनामा प्रहरीले गर्‍यो लाठीचार्ज

बिहारमा विद्यार्थीको प्रदर्शन, पटनामा प्रहरीले गर्‍यो लाठीचार्ज
सुन्नुहोस्

भारत : भारत बिहारका विभिन्न क्षेत्रमा शनिबार आह्वान गरिएको ‘बिहार बन्द’ को प्रभाव देखिएको छ । शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग र जुलाई २२ मा विद्यार्थीमाथि भएको प्रहरी लाठीचार्जको विरोधमा विद्यार्थी संगठन आइसाले बिहार बन्दको आह्वान गरेको थियो । बन्दका क्रममा राज्यका विभिन्न जिल्लामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

सिवान, समस्तीपुर, मधेपुरा, गोपालगञ्ज, छपरा, आरा र पटनालगायत स्थानबाट प्रदर्शनका तस्बिरहरू सार्वजनिक भएका छन् । छपरामा प्रदर्शनकारी विद्यार्थीहरूले ठूलो विरोध प्रदर्शन गरेका थिए भने राजधानी पटनामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । पटना एसएसपी कार्तिकेय शर्माले भने, ‘हामीले सीमित बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर गरेका छौं । केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र उनीहरूसँग सोधपुछ भइरहेको छ ।’

यसअघि जुलाई २२ र २३ मा भएको विरोध प्रदर्शनपछि राज्यमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । प्रहरीले विभिन्न क्षेत्रमा फ्ल्याग मार्च गरेको थियो र धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । यता, पटना प्रहरीले शनिबार प्रकाशित दैनिक पत्रिकाहरूमा प्रदर्शनकारीहरूको तस्बिर सार्वजनिक गर्दै विद्यार्थी र अभिभावकलाई आफ्ना मागहरू शान्तिपूर्ण तरिकाले राख्न अपिल गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.