सीमा क्षेत्रको अनुगमन गर्न विशेष संयन्त्र बनाउँदैछौं : गृहमन्त्री गुरुङ

सीमा क्षेत्रको अनुगमन गर्न विशेष संयन्त्र बनाउँदैछौं : गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा गृहमन्त्री गुरुङले आफूले विभिन्न स्थानको सीमा क्षेत्रमा पुगेर समस्याको पहिचान गरिसकेको भन्दै अब नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने बताए। 

गृहमन्त्री आफैं जाँदा भीडभाड हुने र काम गर्न सहज नहुने भएकाले, अब सादा पोशाकका प्रतिनिधिहरू पठाएर सीमा नाकाहरूमा काम र निरीक्षण प्रभावकारी रूपमा भइरहेको छ/छैन भन्ने नियमित अनुगमन गरिने उनले बताए। मन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका प्रहरीहरू टहरा, जस्ता र भत्किन लागेका भवनमा बस्नुपर्ने, पानी चुहिने र रातभरि ड्युटी गर्नुपर्ने कठिन परिस्थिति रहेकाले उक्त समस्याहरुलाई समाधान गरिने बताए। 

खुला सीमाका कारण एकातर्फ अपराध गरेर अर्कोतर्फ भाग्ने, लागूऔषध ओसारपसार हुनेजस्ता चुनौतीहरू देखिएकाले यसमा विशेष निगरानी गरिने उनको भनाइ छ। उनले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनताको समस्यामाथि विगतमा राजनीतिकरण हुने गरेकाले आफूले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए। मन्त्री गुरुङले सुस्ताबासीको नागरिकतासम्बन्धी समस्या समाधान भइरहेको बताए।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले सीमा क्षेत्रमा भइरहेका कामकारबाही र समस्या तथा चुनौतीका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरूले सीमा नाकामा नेपाली नागरिकको भोग्नुपरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.