सत्तामा जाने बितिक्कै विदेशीसामु झुक्नु पर्छ भन्ने मानसिकता गलत : माधव नेपाल

सत्तामा जाने बितिक्कै विदेशीसामु झुक्नु पर्छ भन्ने मानसिकता गलत : माधव नेपाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । 

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले  राष्ट्रियता, संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र र संघीयताको संरक्षण गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । गरीबी, अभाव, बेरोजगारी र युवाहरूका गम्भीर समस्याहरूविरुद्ध समेत सशक्त आवाज उठाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रियताका पहरेदार भएकाले सामन्तवादको उन्मुलन र जनाधिकारका लागि कम्युनिस्टहरूले नै लोकतन्त्रको संवाहक बन्नुपर्ने उल्लेख गरे । सत्तामा जाने बित्तिकै विदेशीसामु झुक्नुपर्छ भन्ने मानसिकता गलत रहेको भन्दै उजले आफ्नो देशको हितमा दृढताका साथ आवाज बुलन्द गर्नुपर्ने धारणा राखे । उनले अनावश्यक रूपमा अतिवादी बन्ने वा घुँडा टेक्ने वा आत्मसमर्पण गर्ने दुवै प्रवृति गलत भएकाले विदेशी स्वार्थलाई बुझेर सतर्क हुँदै देशको स्वाभिमान जोगाउनु पर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.