शंकर ग्रुपका अध्यक्ष अग्रवाल कारागार चलान

शंकर ग्रुपका अध्यक्ष अग्रवाल कारागार चलान
सुन्नुहोस्

काठमाडौं : उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन बिहीबार आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशपछि अग्रवाललाई ललितपुरस्थित नक्खु कारागार पठाइएको छ। अग्रवाल शंकर ग्रुपका अध्यक्ष हुन्।

अदालतले जगदम्बा स्टिल्स लिमिटेडले लिएको बैंक कर्जा दुरुपयोग भएको आधार देखिएको ठहर गरेको छ। जगदम्बा स्टिल्सबाट जारी भएका चेकमा अग्रवाल हस्ताक्षरकर्ता रहेको, उनको खातामार्फत सहअभियुक्त दीपक भट्टको खातामा रकम गएको तथा उनले विभिन्न मितिमा चेकमार्फत रकम प्राप्त गरेको स्वीकार गरेको आदेशमा उल्लेख छ।

एनएमबी बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत विभिन्न बैंकबाट जगदम्बा स्टिल्सले प्राप्त गरेको चालु पुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी सहअभियुक्त भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्स कम्पनीमा सेयर लगानी गरेर बैंकिङ कर्जाको दुरुपयोग गरेको ठहर अदालतले गरेको छ।

अग्रवाल र सुलभ अग्रवाल एउटै परिवारका सदस्य तथा कम्पनीको खाता सञ्चालनमा समान भूमिका भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै खाता सञ्चालकका रूपमा कर्जा दुरुपयोगबारे जानकारी नभएको भन्न मिल्ने अवस्था नरहेको
आदेशमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.