कुमार बेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर

कुमार बेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर बनेको छ। शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले कुमार बेनको भारत भ्रमणबारे प्रश्न सोधेका थिए।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कुमार बनेको भारत भ्रमणका विषयमा मन्त्रालयलाई जानकारी नभएको बताए। 'यस सम्बन्धी (कुमार बेनको भारत भ्रमणबारे) औपचारिक जानकारी मन्त्रालयमा छैन,' प्रवक्ता क्षेत्रीले जवाफ दिए।

बेनको भारत भ्रमणबारे सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। उनी जुलाइ पहिलो साता नयाँ दिल्ली गएका थिए। नयाँ दिल्लीमा बेनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेको बताइएको छ।

तर, यस विषयमा सरकारले औपचारिकरूपमा कुनै जानकारी दिएको छैन। प्रधानमन्त्री सचिवालयले पनि बेनको भारत भ्रमणबारे केही पनि बताएको छैन। स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेन पर्साको रक्सौल हुँदै स्थलमार्गबाट नयाँ दिल्ली गएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.