मोटरसाइकल दुर्घटनामा परेर २८ वर्षीय युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेर २८ वर्षीय युवकको मृत्यु

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको पत्ता लागेको छ । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल राति करिब १०ः३५ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया लगिए पनि चिकित्सकले मृत घोषणा गरिदिएको न्यौपानेले बताए । 

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। घटनाका बारेमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले त्यस्तो कार्य नगर्न सबै चालकलाई आग्रह गरेको छ । प्रहरीका अनुसार मापसेका कारण हुने दुर्घटनाले मानवीयसँगै भौतिक क्षति पनि निम्त्याउने गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.