सरकारसँग कुरा नमिलेपछि पाकिस्तानमा अनिश्चितकालका लागि पेट्रोल पम्प बन्द

सरकारसँग कुरा नमिलेपछि पाकिस्तानमा अनिश्चितकालका लागि पेट्रोल पम्प बन्द
सुन्नुहोस्

इस्लामाबाद : 'अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसन'ले सरकारसँग भएको वार्ता निष्कर्षविहीन बनेपछि देशभरका पेट्रोल पम्प अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

सार्वजनिक विवरणअनुसार एसोसिएसनले जुलाई २२ र २३ को मध्यराति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पाकिस्तानका सम्पूर्ण पेट्रोल पम्पहरू बन्द रहने जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

पेट्रोल पम्प सञ्चालकहरूको नाफा वृद्धि तथा पेट्रोलियम पदार्थको मूल्य दैनिक रूपमा निर्धारण गर्ने सरकारी प्रस्तावका विषयमा पेट्रोलियम मन्त्री अली परवेज मलिकसँग भएको वार्ता सफल हुन नसकेपछि व्यवसायीहरूले आन्दोलनको कदम चालेका हुन्। एसोसिएसनका अनुसार यो विषयमा विगत केही सातादेखि सरकारसँग निरन्तर छलफल भइरहेको थियो।

संगठनले आफ्ना मागहरूप्रति सरकारले 'सकारात्मक र स्वीकार्य' निर्णय नगरेसम्म हडताल जारी रहने स्पष्ट पारेको छ।

एसोसिएसनका अध्यक्ष हुमायुँ खानले डिलरहरूको कमिसन बढाउनुपर्ने र इन्धनको मूल्य मासिक रूपमा निर्धारण गरिनुपर्ने आफूहरूको प्रमुख माग रहेको बताएका छन्। वर्तमान व्यवस्थाका कारण डिलरहरूले विभिन्न व्यावहारिक समस्या झेल्नुपरेको उनको भनाइ छ।

साथै, पेट्रोलियम पदार्थको मूल्य दैनिक रूपमा तोक्ने नयाँ नीति ल्याउनुअघि सरकारले डिलरहरूसँग कुनै परामर्श नगरेको दाबीसमेत अध्यक्ष खानले गरेका छन्।

यसअघि गत साता इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा पेट्रोलियम मन्त्री अली परवेज मलिकले आयल एन्ड ग्यास रेगुलेटरी अथोरिटी (ओग्रा) ले अब हरेक सात दिनको साटो दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य तोक्ने घोषणा गरेका थिए। नयाँ व्यवस्थाअनुसार ओग्राले दैनिक रूपमा मूल्य सूची आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने जनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.