भारतमा आज सीजेपी र किसानको दोहोरो प्रदर्शन, थप कडा बनाइयो सुरक्षा

भारतमा आज सीजेपी र किसानको दोहोरो प्रदर्शन, थप कडा बनाइयो सुरक्षा

भारत : भारत दिल्लीका सडकहरूमा फेरि प्रदर्शनको लहर सुरु भएको छ । सोमबार भएको तनावपूर्ण झडपपछि आज ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ भने, अर्कोतर्फ पञ्जाबबाट हजारौं किसानहरू भारत–अमेरिका व्यापार सम्झौताविरुद्ध शम्भू–खनौरी सीमामा भेला भएका छन् ।

सोमबारको प्रदर्शनमा भएको हिंसात्मक झडपपछि दिल्लीमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । त्यसका बाबजुद सीजेपीले आफ्नो आन्दोलन जारी राखेको छ । जन्तर–मन्तर र संसद क्षेत्र वरिपरि प्रदर्शनकारी र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । यता किसानहरूले प्रस्तावित भारत–अमेरिका व्यापार सम्झौताले भारतीय कृषि र दुग्ध क्षेत्रलाई नोक्सान पुग्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरू सरकारसँग सम्झौताबारे पुनर्विचार गर्न र किसानका हित सुरक्षित गर्न माग गरिरहेका छन् । 

पञ्जाब–हरियाणा सीमामा कडा सुरक्षा व्यवस्था

किसानहरूको दिल्ली मार्चलाई मध्यनजर गर्दै हरियाणा–पञ्जाब सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घग्गर नदीमाथिको पुलमा समेत ब्यारिकेड राखेर आवागमनमा निगरानी बढाइएको छ । पञ्जाबका किसानहरू ‘देश बचाओ मोर्चा’ अन्तर्गत किसान घाट पुगेर एक दिने किसान महापञ्चायत आयोजना गर्न चाहन्छन् । उनीहरूले अमेरिका–भारतबीच प्रस्तावित व्यापार सम्झौता किसानविरोधी रहेको बताएका छन् ।

बसमार्फत दिल्लीतर्फ प्रस्थान
पञ्जाबका विभिन्न जिल्लाबाट किसानहरू बसमा सवार भएर दिल्लीतर्फ प्रस्थान गरेका छन् । फतेहगढ साहिबमा सञ्चारकर्मीसँग कुरा गर्दै किसान नेता पढेरले हरियाणाका मुख्यमन्त्रीले आफ्नो वास्तविक चरित्र देखाएको आरोप लगाए । उनका अनुसार नेताहरूले जनतासँग ठूला–ठूला वाचा गर्ने तर सत्तामा पुगेपछि दमनको नीति अपनाउने गरेका छन् ।

उनले अमेरिका–भारत व्यापार सम्झौता पूर्ण रूपमा रद्द गर्नुपर्ने माग दोहोर्‍याए । उनले शम्भू सीमामा पुगेपछि किसानहरूसँग छलफल गरेर आन्दोलनका आगामी कार्यक्रम तय गरिने बताए । बिहीबार बिहानै फतेहगढ साहिबबाट एक हजारभन्दा बढी किसान सहभागी टोली शिरहिन्द हुँदै शम्भू सीमातर्फ अघि बढेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.