कोरियाको इन्छनस्थित लजिस्टिक्स केन्द्रमा लागेको आगो ६१ घण्टापछि नियन्त्रणमा

कोरियाको इन्छनस्थित लजिस्टिक्स केन्द्रमा लागेको आगो ६१ घण्टापछि नियन्त्रणमा

दक्षिण कोरियाको इन्छनस्थित कुपाङको लजिस्टिक्स केन्द्रमा लागेको भीषण आगो करिब ६१ घण्टापछि नियन्त्रणमा आएको छ। इन्छन् अग्निनियन्त्रण मुख्यालयका अनुसार जुलाई १८ बिहान ६:५४ बजे सोहे–गुको सिओकनाम–दोंगस्थित कुपाङ ३२ लजिस्टिक्स केन्द्रमा लागेको आगो जुलाई २० साँझ ८ बजेतिर प्रारम्भिक रूपमा नियन्त्रणमा आएको हो।

यो आगलागी ८ तले तथा करिब २ लाख ९९ हजार वर्गमिटर क्षेत्रफल भएको विशाल लजिस्टिक्स केन्द्रमा भएको थियो। भवनभित्र ठूलो मात्रामा ज्वलनशील सामग्री भण्डारण गरिएको हुनुका साथै भवनको जटिल संरचनाका कारण आगो निभाउन दमकलकर्मीलाई निकै कठिनाइ भएको थियो।

आगो लागेपछि लजिस्टिक्स केन्द्रका कर्मचारीसहित १२१ जना आफैं सुरक्षित रूपमा बाहिर निस्किएका थिए। हालसम्म कुनै पनि मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन। तर भवन भत्किन सक्ने जोखिमलाई ध्यानमा राख्दै इन्छनको सोहे–गु प्रशासनले आसपासका बासिन्दालाई स्थानान्तरण आदेश जारी गरेको थियो। हाल करिब २०० जना अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।

जुलाई २० मा मात्रै २३१ वटा दमकल तथा अन्य उपकरण र ८१२ जना अग्निनियन्त्रक परिचालन गरी लगातार तेस्रो रातसम्म आगो निभाउने काम गरिएको थियो। हाल आगोको मुख्य भाग नियन्त्रणमा आए पनि प्रतिक्रिया स्तर कायम राख्दै बाँकी रहेका आगोका झिल्काहरू निभाउने कार्य भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.