पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार,धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पुँजी बजारको वर्तमान अवस्था,धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण,नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग विस्तृत छलफल हुनेछ।

सरकारले पुँजी बजार र वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका विषयमा निजी क्षेत्र तथा सम्बन्धित निकायका सुझाव संकलन गर्ने उद्देश्यले उक्त छलफल आयोजना गरेको जनाएको छ।

पछिल्लो समय प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका सरोकारवालासँग छलफललाई निरन्तरता दिएका छन्। अर्थतन्त्र,सुशासन,सार्वजनिक सेवा प्रवाह तथा नीतिगत सुधारका विषयमा सुझाव लिन उनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग संवाद गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.