धादिङ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित’ घोषित

धादिङ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित’ घोषित
सुन्नुहोस्

धादिङ: धादिङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित जिल्ला’ घोषणा गरिएको छ। जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका स्रोतव्यक्ति (फोकल पर्सन) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरे। सो अवसरमा बोल्दै उनले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा गर्नुका साथै स्वस्थ र सुरक्षित समाज निर्माणको बलियो आधार तयार गर्ने कुरामा जोड दिए।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरिएको सर्वेक्षणमा लक्षित उमेर समूहका कुनै पनि बालबालिका खोप पाउनबाट नछुटकेको पाइएपछि यो घोषणा गरिएको हो। जिल्लाभर जन्मेदेखि १५ महिनासम्मका ३ हजार ७ सय २४ र १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ३४ गरी कुल ७ हजार ५८ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सबै आवश्यक खोप पूर्ण रूपमा प्राप्त गरेका छन्।

पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपंक्तिमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।

स्वास्थ्य कार्यालयले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दिगो राख्न नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने र आगामी दिनमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने व्यवस्था मिलाइने प्रतिबद्धता जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.