गर्भावस्था : जटिल लक्षणहरू जानी राखौं

गर्भावस्था : जटिल लक्षणहरू जानी राखौं
सुन्नुहोस्

गर्भावस्थामा धेरैजसो देखिने र मातृ मृत्युदर तथा रुग्णतासँग प्रत्यक्ष जोडिएका प्रमुख स्वास्थ्य समस्याहरूमा उच्च रक्तचाप र उसका जटिलताहरू मुख्य गरी प्रि–इक्याम्प्सिया र इक्याम्प्सिया महत्वपूर्ण छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र ग्लोबल बर्डन अफ डिजिजका अध्ययनहरूले विश्वभर मातृ मृत्युको प्रमुख कारणहरूमध्ये अत्यधिक रक्तस्राव (२७ प्रतिशत), उच्च रक्तचाप (१४ प्रतिशत ) र संक्रमण (११ प्रतिशत) जिम्मेवार रहेको देखाएका छन्। 

नेपाल जनसांख्यिक र स्वास्थ्य सर्वेक्षण (एनडीएचएस २०२२) का अनुसार नेपालमा प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पताको अनुपात ३४ प्रतिशत रहेको छ। रक्तअल्पता शरीरमा आइरन र फोलिक एसिडको कमीका कारणले हुने गर्छ। यो समस्या नेपाल जस्ता विकासोन्मुख देशहरूमा अत्यन्तै उच्च छ। रक्तअल्पता (एनेमिया) गर्भवती महिलाहरूमा अझ बढी देखिन्छ। नेपालमा मातृ मृत्युको प्रमुख कारणहरूमा अझै पनि प्रसवपछिको रक्तस्राव (पीपीएच) र प्रि–एक्याम्प्सिया अग्रपंक्तिमा छन्। 

गर्भावस्थाका दौरान हर्मोनको परिवर्तनले गर्दा रगतमा सुगरको मात्रा बढ्ने समस्या, गर्भपतन, संक्रमण आदि समस्याहरू पनि गर्भावस्थामा देखिने र दुःख दिने हुन्छ। नेपाली समाजमा कतिपय शारीरिक कष्टहरूलाई गर्भावस्थामा यस्तै हुन्छ  भनेर बेवास्ता गर्ने चलन छ। गर्भावस्थामा सामान्य मात्रामा खुट्टा सुन्निनु स्वाभाविक मानिन्छ। तर, बिहान उठ्नासाथ अनुहार र हात सुन्निनु प्रि–एक्याम्प्सिया (उच्च रक्तचाप) को प्रारम्भिक लक्षण हुन सक्छ। त्यस्तै अत्यधिक टाउको दुख्नु र आँखा तिमिरमिराउनु खतराका लक्षण हुन सक्छ।  

योनिबाट सामान्य रगत वा पानी बग्नु सत्रै सामान्य होइनन्।  यो गर्भपतन, साल नाल छुट्टिएको वा महिना नपुगी बच्चा जन्मिने खतराको संकेत हुन सक्छ। त्यस्तै बच्चा कम चलेको महसुस हुनु वा  गर्भको बच्चा चल्न कम हुनु भनेको बच्चा संकटमा हुनु हो।  तल्लो पेट अत्यधिक दुख्नु वा ज्वरो आउनु जस्ता लक्षण गम्भीर संक्रमण वा ईक्टोपिक प्रेग्नेन्सी को संकेत पनि हुन सक्छ। 

व्यवस्थापन मात्र गर्न सकिन्छ
चिकित्सा विज्ञानको आधुनिक विकासले केही समस्यालाई सुरुवातमै रोक्न सक्छ। केहीलाई सुरक्षित प्रसवका लागि केवल राम्रो व्यवस्थापन मात्र गर्न सकिन्छ। गर्भावस्थाको सुरुदेखि नै आइरन र फोलिक एसिड चक्कीको नियमित सेवन तथा सन्तुलित आहारबाट एनेमियालाई शतप्रतिशत रोक्न सकिन्छ।

गर्भवती महिलालाई दिइने टीडी खोपले आमा र नवजात शिशु दुवैलाई धनुष्टकांरबाट पूर्ण सुरक्षा दिन्छ। प्रसवको समयमा पूर्ण सरसफाइ र एन्टिबायोटिकको सही प्रयोगले संक्रमणहलाई रोक्न सकिन्छ। समयमै पहिचान भएमा उच्चरक्तचापलाई नियन्त्रण गर्न सकिन्छ। र यसका जटिलताहरू प्रि–इक्लेम्पसिया तथा इक्लेम्पसिया हुनबाट रोक्न पनि सकिन्छ। तर, सबै अवस्थामा यो सम्भव नहुन सक्छ। 

गर्भावस्थामा मधुमेहलाई पूर्णरूपमा आउनै नदिन गाह्रो छ । तर औषधि वा इन्सुलिनको माध्यमबाट रगतमा सुगरको मात्रा नियन्त्रणमा राखेर बच्चा र आमालाई बचाउन सकिन्छ। सालका जटिलताहरू ‘प्लासेन्टा प्रिभिया’, ‘एबर्पटो प्लासेन्टा’  लाई रोक्न सकिँदैन। तर, बेड रेस्ट भिडियोएक्स–रे (यूएसजी) द्वारा निरन्तर निगरानी, र सही समयमा सिजेरियन गरेर आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिन्छ। यदि आमालाई पहिले नै मुटु वा मिर्गौलाको रोग छ भने गर्भावस्थामा त्यो बल्झिन सक्छ। यसलाई पूर्ण निको पार्न सकिन्न। तर, धेरैवटा अवस्थाहरूमा मल्टिडिसिप्लिनरी टोलीद्वारा व्यवस्थापन गरिन्छ। 

गर्भवस्थाको जटिलता कम गराउने तथा मातृमृत्यु घटाउन सकिन्छ।  विकासोन्मुख देशहरूमा कम्तीमा ८ पटकको गर्भ जाँच, आइरन परिपूर्ति, र आकस्मिक प्रसूति सेवाको उपलब्धता सुनिश्चित गरेर व्यवस्थापन गर्नु आवश्यक छ।  

-शाह,वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.