बयालपाटा अस्पतालमा पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी शल्यक्रिया

बयालपाटा अस्पतालमा पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी शल्यक्रिया
सुन्नुहोस्

अछाम :  बयालपाटा प्रादेशिक अस्पतालमा पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी तथा पेल्भिक फ्लोर रिपेयर  शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।

मंगलसेन नगरपालिका–१४ निवासी ६० वर्षीया एक  महिलाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो। हाल शल्यक्रियापछि महिलाको स्वास्थ अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

बयालपाटा प्रादेशिक अस्पतालका लागि यो अर्को महत्वपूर्ण उपलब्धि हो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जयनाथ चौधरी नेतृत्वमा एनेस्थेसिया महेन्द्र कुँवर लगायतको टोलीले  सफल शल्यकृया गरेको हो । 

डा. चौधरीका अनुसार पाठेघर (गर्भाशय) लामो समयसम्म तल झरेर योनीबाहिर निस्किने समस्या भएका महिलाहरूमा यो शल्यक्रिया आवश्यक पर्दछ। 

यस्तो अवस्थाले दैनिक हिँडडुल, बसाइउठाइ, पिसाब रोक्न वा गर्न कठिनाइ, पटक–पटक संक्रमण हुने, घाउ हुने तथा जीवनस्तरमा गम्भीर असर पर्ने गर्दछ। यस्तो शल्यक्रिया प्राविधिक रूपमा चुनौतीपूर्ण मानिन्छ र अनुभवी टोलीको आवश्यकता पर्दछ।

यस्तै मंगलवार मात्रै अस्पतालमा हाड जोर्नी सम्बन्धि  ६ सफल शल्यक्रिया गरिएको छ। अस्पतालमा ५ वर्षीया २ बालक,६ वर्षीया बालिका र ७ वर्षीया बालकको कोहिनोको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। यस्तै १५ वर्षका एक किशोरको देब्रे हातको र ५० वर्षका एक पुरुषको देब्रे घुँडाको जटिल शल्यक्रिया गरिएको बयालपाटा प्रादेशिक अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.