६ लाख घुससहित इन्जिनियर खाजा घरबाट पक्राउ
काठमाडौं : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले गाउँपालिकाका इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्कालाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा खड्काले सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिइसकेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !