खानपानमा ध्यान दिऊँ, रोगसँग लड्ने क्षमता बढाऊँ

हेल्थ टिप्स

खानपानमा ध्यान दिऊँ, रोगसँग लड्ने क्षमता बढाऊँ

रोगसँग लड्ने क्षमता बढाउने सक्रिय जीवनशैली र स्वस्थ खानपानमा ध्यान दिनुपर्छ। स्वस्थ शरीर र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन दैनिक कम्तीमा ५ प्रकारका फलफूल तथा हरियो सागपात सेवन गर्न सिफारिस गरिएको छ।

तर, अधिकांश नेपालीले आवश्यक मात्रामा फलफूल र तरकारी सेवन गर्ने तर्फ ध्यान दिँदैनन्। यसको परिणाम स्वरूप भिटामिन ए लगायतका आवश्यक सूक्ष्म पोषक तत्वको कमी देखिने गरेको छ। यस्तो कमीले विशेषगरी बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने जोखिम बढाउँछ। 

प्रोटिनयुक्त खाना खाउँ : प्रोटिन शरीरको वृद्धि, विकास, मांसपेशी निर्माण तथा रोगसँग लड्ने क्षमताका लागि अत्यावश्यक पोषक तŒव हो। नेपाल बहुसूचक सर्वेक्षण (२०१९) अनुसार नेपालीको प्रतिव्यक्ति दैनिक औसत प्रोटिन आपूर्ति ६६ ग्राम भए पनि यसको अधिकांश (करिब ५५ ग्राम) अन्न, दाल र गेडागुडीजस्ता वनस्पति स्रोतबाट प्राप्त हुन्छ। माछा, मासु, अण्डा, दूधजस्ता उच्च गुणस्तरका प्रोटिनयुक्त खाद्यवस्तु धेरैको दैनिक भोजनमा नियमित रूपमा समावेश हुँदैनन्। यसले विशेषगरी महिला र बालबालिकामा कुपोषण तथा आइरनको कमी हुने जोखिम बढाएको छ। 

दूध तथा दुग्धजन्य पदार्थको सेवन :
दूध क्याल्सियम, प्रोटिन र विभिन्न आवश्यक भिटामिनको महत्वपूर्ण स्रोत हो। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्रतिवेदन (२०१८) अनुसार दक्षिण–पूर्वी एसियामा प्रतिव्यक्ति दूधको वार्षिक उपभोग निकै कम छ। नेपालमा पनि दूध तथा दुग्धजन्य पदार्थको अपर्याप्त सेवनका कारण हड्डी, दाँत र समग्र पोषण अवस्थासँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको छ। 

घिउ र तेलको सन्तुलित प्रयोग :
घिउ, तेल तथा अन्य चिल्लोयुक्त खाद्यवस्तुको अत्यधिक सेवनले रगतमा कोलेस्ट्रोल र अन्य बोसोको मात्रा बढाउँछ। यसले मुटुरोग, उच्च रक्तचाप, स्ट्रोक तथा अन्य नसर्ने रोगको जोखिम बढाउँछ। विशेषगरी सहरी क्षेत्रमा प्रशोधित तथा चिल्लो खानेकुराको बढ्दो प्रयोगसँगै मोटोपनाको समस्या पनि तीव्र रूपमा बढिरहेको छ। 

नुनको न्यून उपभोग गरौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एक व्यक्तिले दैनिक अधिकतम ५ ग्राम नुन मात्र सेवन गर्न सिफारिस गरेको छ। तर, नेपालमा सन् २०१९ मा गरिएको सर्वेक्षणअनुसार प्रतिव्यक्ति दैनिक औसत नुन सेवन करिब ९ दशमलव १ ग्राम पुगेको छ। अत्यधिक नुनको सेवनले उच्च रक्तचाप, मुटुरोग, मिर्गौलासम्बन्धी समस्या तथा स्ट्रोकको जोखिम बढाउँछ। 

चिनी र गुलिया खाद्यवस्तुको उपभोग घटाऔं : नेपालमा मधुमेहका बिरामीको संख्या क्रमशः बढिरहेको छ। यसको एउटा प्रमुख कारण अत्यधिक चिनी तथा गुलिया खाद्यवस्तुको सेवन हो। नियमित रूपमा मिठाई, चिनी मिसिएका पेय पदार्थ तथा प्रशोधित गुलिया खानेकुरा सेवन गर्दा मोटोपना, मधुमेह र अन्य नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा बढ्छ। त्यसैले यस्ता खाद्यवस्तुको सेवन सकेसम्म सीमित गर्न आवश्यक छ। 

स्वच्छ खाना र शुद्ध पानी प्रयोग गरौं : दूषित खाना र असुरक्षित पानी नेपालमा अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौती बनेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वार्षिक प्रतिवेदनअनुसार दूषित, सडेगलेका तथा अत्यधिक विषादी प्रयोग गरिएका खाद्यवस्तु, पहिचान नखुलेका उत्पादन र असुरक्षित खानेपानी खाद्यजन्य रोगका प्रमुख कारण हुन्।

सुरक्षित पानीको प्रयोग, खाना राम्रोसँग पकाउने, सफा तरिकाले भण्डारण गर्ने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने हो भने अधिकांश खानाजन्य रोगबाट बच्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.