प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने
सुन्नुहोस्

काठमाडौं:  नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ। आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै “गेस एंड  बुक द अल न्यु इ.मास ५ एट योर प्राइस” नामक विशेष योजना सुरू गरेको छ। 

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इ.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन्। कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन्।

यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइट (https://emas5predict.proton-nepal.com/ )मा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन्। मूल्य अनुमानका लागि ‘इ.मास ५ प्राइम’ भेरियन्टको दायरा रू. २९.९९ लाख देखि रू. ३४.९९ लाख सम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा रू. ३४.९९ लाख देखि रू. ३९.९९ लाख सम्म निर्धारण गरिएको छ।

कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्ट बाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ। विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन्।

यसै बीच जगदम्बा मोटर्सले रू. १ लाख बुकिङ रकम तोकेर प्रोटोन इ.मास ५ को बुकिङ समेत खुला गरेको छ। ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ अथवा सोहि साईटमा गएर भौचर आप्लोड गरि बुक गर्न सक्ने छन्। सो साईटमा गएर बूकिंग गरेका ग्राहकको बूकिंगलाई आधार मानेर लकि ग्राहक छानिने छन्।  

प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधी हासिल गरेको थियो। कम्पनीका अनुसार इ.मास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ। यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ।

नेपालमा विद्युतीय सवारी साधनको बजार निरन्तर विस्तार भईरहेको र प्यासेन्जर गाडीको विक्रीमा इभीको हिस्सा बढ्दै गएको सन्दर्भलाई ध्यानमा राखेर यो योजना ल्याइएको कम्पनीले उल्लेख गरेको छ। देशको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमा प्रोटोन इ.मास ५, ग्राहकहरूको लागि एक उत्कृष्ट विकल्पको रूपमा स्थापित हुनेमा जगदम्बा मोटर्सले विश्वास व्यक्त गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.