फोटोनको थप पाँच नयाँ ‘शील्ड सर्भिस पोइन्ट’ सञ्चालनमा
फोटोनले पाँच नयाँ ‘फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट’ सञ्चालनमा ल्याएको छ। नयाँ सर्भिस पोइन्टसँगै कम्पनीको बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार भएको छ।
नयाँ सर्भिस पोइन्टहरू भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सञ्चालनमा आएका छन्। यस विस्तारले सम्बन्धित क्षेत्रका ग्राहकलाई सवारीसाधनको मर्मत, प्राविधिक परीक्षण, वारेन्टी सेवा तथा आवश्यक प्राविधिक सहयोग स्थानीय स्तरमै उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ।
फोटोन टोटल केयर नेटवर्कमार्फत विद्युतीय सवारीसाधनका लागि आवश्यक अत्याधुनिक डायग्नोस्टिक उपकरण, तालिमप्राप्त ईभी प्राविधिक तथा जेन्युइन स्पेयर पार्ट्ससहितको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा बिक्रीपछिको सेवा सञ्जाललाई थप सुदृढ बनाउने, सवारीसाधन सञ्चालन समय बढाउने तथा मर्मतका लागि लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !