कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति लैजाँदै, नेपालीका लागि कस्तो छ सम्भावना ?

कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति लैजाँदै, नेपालीका लागि कस्तो छ सम्भावना ?

दक्षिण कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। दीर्घकालीन श्रमिक अभाव रहेको वधशालामा विदेशी श्रमिक भित्र्याउन लागेको हो। कोरियाको कानुन मन्त्रालयले सामान्य दक्ष कामदार (ई-७-३) भिसामा मासु काट्ने कम्पनीहरूमा नयाँ नियम लागु गर्दै सिधै विदेशी कामदार राख्न मिल्ने गरी प्रयोगात्मक रूपमा पहिलो पटक विदेशी कामदार भित्र्याउन लागेको जानकारी दिएको छ।  

यदि यो प्रयोग सफल भएमा यसको मागमा वृद्धि  हुन सक्नेछ। यसमा नेपाली जान पाउने सम्भावना पनि उच्च छ। यसका लागि मासु काट्ने क्षेत्रसम्बन्धी शिक्षण संस्थाबाट मासु काट्नेसम्बन्धी शिक्षा पूरा गरेको वा प्रमाणपत्र प्राप्त गरेपछि ३ वर्ष वा सोभन्दा बढी अनुभव भएको हुनु पर्नेछ। 

रोजगारदाता कम्पनीका लागि मासु काट्ने व्यवसायमा दर्ता भएको र गत १ वर्षभित्र सो कम्पनीबाट कामदार पलायन नभएको हुनु पर्नेछ। यसका लागि कोटा पनि निर्धारण भइसकेको छ। पहिलो चरणमा वार्षिक १५० जना दक्ष कामदार कोरियाले लैजाने छ। २०२६ जनवरी १ देखि २०२७ डिसेम्बरसम्म प्रयोगात्मक रूपमा  सञ्चालन हुनेछ। 

पहिलो पटक १२ कामदार कोरिया भित्रिए 

दक्षिण कोरियामा लामो समयदेखि जनशक्तिको अभाव र कामदारको वृद्धावस्थाको समस्याले प्रभावित वधशाला (थोछुकजाङ) क्षेत्रमा पहिलो पटक आवश्यक योग्यता भएका विदेशी प्राविधिक लगिएको छ। कोरिया न्याय मन्त्रालयले २०२६ जुलाई १४ मा सामान्य दक्ष जनशक्ति (ई-७-३) भिसामार्फत १२ जना विदेशी वधशाला प्राविधिक पहिलो पटक दक्षिण कोरिया प्रवेश गरेको जनाएको छ।

वधशाला क्षेत्रमा काम अत्यन्त कठिन, कार्य वातावरण कठोर तथा यस पेशाप्रति नकारात्मक सामाजिक धारणा रहेकाले नयाँ कोरियाली कामदार आकर्षित गर्न गाह्रो हुँदै आएको छ। साथै, यस क्षेत्रमा कार्यरत अधिकांश कामदार वृद्ध हुँदै गएकाले उद्योगले लामो समयदेखि दक्ष विदेशी कामदार ल्याउन सरकारसँग माग गर्दै आएको थियो।

यस मागलाई ध्यानमा राख्दै न्याय मन्त्रालयले 'भिसा–बसोबास नीति परिषद्' मार्फत उद्योगको आवश्यकतालाई प्रतिबिम्ब गरी २०२५ सेप्टेम्बरमा ई-७-३ भिसाअन्तर्गत वधशाला प्राविधिक पेशा नयाँ रूपमा समावेश गर्ने निर्णय गरेको थियो।

त्यसपछि न्याय मन्त्रालयले कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयसँग समन्वय गर्दै आवश्यक प्रक्रिया पूरा गरी २०२६ जनवरीदेखि दुई वर्षका लागि वार्षिक १५० जनाको पाइलट कार्यक्रम सञ्चालन गरेको हो। यसअन्तर्गत अहिले पहिलो पटक विदेशी वधशाला प्राविधिकहरू कोरिया आएका हुन्।

रोजगार अनुमति संख्या बढाइयो

न्याय मन्त्रालयले साना वधशालाहरू तथा आवश्यक वधशाला कामदारको मागलाई ध्यानमा राख्दै पहिले प्रतिकम्पनी अधिकतम २ जना मात्र विदेशी वधशाला कामदार राख्न पाइने व्यवस्था संशोधन गरी रोजगार अनुमति संख्या बढाएको छ। 

पहिले कोरियाली कामदारको संख्या जति भए पनि प्रत्येक कम्पनीमा अधिकतम २ जना मात्र विदेशी वधशाला कामदार राख्न पाइन्थ्यो। संशोधनपछि प्रत्येक कम्पनीले २ जनाभन्दा बढी विदेशी वधशाला कामदार पनि राख्न पाउनेछ। तर ३ जना वा सोभन्दा बढी राख्न चाहने कम्पनीले आफ्ना कोरियाली कर्मचारीको कुल संख्याको २०% सम्म थप विदेशी कामदार रोजगारमा राख्न पाउनेछ।

यसरी विदेशी वधशाला कामदारहरू कोरिया प्रवेश गरेसँगै वधशाला उद्योगमा लामो समयदेखि रहेको श्रमिक अभाव समाधान हुनुका साथै, पशुजन्य खाद्य पदार्थको स्थिर आपूर्ति सुनिश्चित भई सर्वसाधारणको दैनिक खाद्य वस्तुको मूल्य स्थिर राख्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.