पाँच प्रदेशमा मनसुन सक्रिय, मौसम विभागले दियो यस्तो चेतावनी
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले लगातारको वर्षाले गर्दा नदीहरूमा बाढीको जोखिम बढेको जनाएको छ । बागमती र गण्डकी प्रदेशको दक्षिणी भेग वर्षाका कारण बढी प्रभावित भएको र अन्य स्थानमा पनि लगातार बर्षा भएकाले नदीहरूमा बाढीको जोखिम बढेको र केहि स्थानमा पहिरो समेत गएको बिभागले जानकारी दिएको छ ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले हाल कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुन बढी सक्रिय देखिएको जानकारी दिए । बागमती प्रदेशको चितवन आसपास र गण्डकी प्रदेशको दक्षिणी भेगमा विगत २४ घण्टामा भारी देखि धेरै भारी वर्षा भएको उनले बताए ।
उनले लगातारको वर्षाले गर्दा नदीहरूमा बाढीको जोखिम बढेको र विगत २–३ दिनदेखि पानी धेरै परेकाले जमिन गलेकाले पहिरो जाने क्रम चलिरहेको उल्लेख गरे । खासगरी तराईका खहरे खोलाहरू र हिमालदेखि बगेर आउने हिम नदीहरूको आसपास रहेका बस्तीहरूमा बाढीको खतरा रहेकाले त्यहाँका बासिन्दा सजग हुनुपर्ने देखिएको बिभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !