बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए

बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
फाइल फोटो
सुन्नुहोस्

जाजरकोट : जाजरकोटका एक पुरुषको शव सुर्खेतस्थित भेरी नदी किनारमा भेटिएको छ । जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ बस्ने वर्ष ४५ का कर्णबहादुर रावतको शव सुर्खेतको गुर्भाकोट नगरपालिका–११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार सोमबार बेलुका स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुनाबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो ।

शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो । मंगलबार मृतकका छोरा गणेश रावतले बुबाको सनाखत गरी शव बुझेका छन् । कर्णबहादुर असार २५ गते आफ्नै घर नजिक बाख्रा चराउन गएका बेला भीरबाट लडी खोलामा परेको र खोलाले बगाएर बेपत्ता गराएको थियो । खोलाले बगाउँदै भेरीमा पुर्‍याएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.