गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पताल र माइतीघरमा प्रदर्शन
काठमाडौं : आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवारलाई न्याय दिनुपर्ने भन्दै नेपालीका आफन्त लगायतले शनिबार पनि वीर अस्पतालमा प्रदर्शन गरेका छन् । राज्यकै कारण नेपालीको ज्यान गएकाले पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै नेपालीका आफन्त लगायतले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । त्यस्तै जनपक्षीय ट्रेड युनियन लगायत बिभिन्न संघ संस्थाले पनि नेपालीलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !