जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी पक्राउ
काठमाडौं : नख्खु कारागारबाट फरार लागुऔषध (अफिम) मुद्दाका कैदी पक्राउ परेका छन्। जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका प्रतिवादी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका -६, ज्यामिरे बस्ने ३९ वर्षीय सुकलाल वाइवा रहेका छन् । फरार रहेका उनलाई खोजतलासका क्रममा मंगलबार मकवानपुरको बकैया गाउँपालिका -४ जुरेली बजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका वाइवालाई आवश्यक कानुनी कारबाहीको लागि भीमफेदी कारागार पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !