बाह्रकिलोको अवैध संरचना हटाउन सात दिने ‘अल्टिमेटम’

बाह्रकिलोको अवैध संरचना हटाउन सात दिने ‘अल्टिमेटम’

गोरखा : गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन ‘अल्टिमेटम’ जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र सात दिनभित्र खाली गर्न त्यहाँका व्यपारीहरुलाई अल्टिमेटम दिएको हो । 

यही असार ३० गतेभित्र     संरचना खाली नगरे आवश्यक बल प्रयोग गरिने कार्यालयले चेतावनी दिएको छ । यस्तै, वन क्षेत्र खाली नगर्ने तथा बाधा बिरोध गर्ने व्यक्ति÷संस्थालाई ‘वन ऐन–२०७६’ बमोजिम कडा कारबाही गरिने कार्यालयको भनाई छ । व्यवसायीहरुले विगत केही वर्षदेखि बाह्रकिलोको ओख्ले पाखा सामुदायिक वनक्षेत्र मिचेर अवैध संरचना निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्।

वनक्षेत्र तथा सडक मिचेर करिब ३५ वटा अवैध संरचनाहरु निर्माण भएका डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । 

सामुदायिक वन समूह र गोरखा नगरपालिकाले पटक पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गर्दा व्यवसायीहरुले अटेर गरेपछि कार्यालयले अन्तिम सूचना जारी गरेर अल्टिमेटम दिएको उनले जानकारी दिए ।

‘यस्तो अवैध संरचना हटाउने जिम्मा वन उपभोक्ता समूह र स्थानीय सरकारको हो’, उनले भने, ‘तर, वन समूह र नगरपालिकाले पटक पटक सूचना निकाल्दा समेत व्यवसायीहरुले अटेर गर्नु भएपछि बाध्य भएर हामीले अल्टिमेटम जारी गरेका हौँ ।’ कार्यालयले संरचना हटाउनका लागि सूचना प्रकाशन तथा माइकिङ गर्ने उनले बताएका छन् । बाह्रकिलोको संरचना हटाएपछि वन क्षेत्र छुट्याएर आवश्यक तारबार गरी संरक्षण गर्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख शाण्डिल्यको भनाई छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.