गाँजासहितको मोटरसाइकल नियन्त्रण, फरार चालक पोखरीमा डुबेर बेपत्ता

गाँजासहितको मोटरसाइकल नियन्त्रण, फरार चालक पोखरीमा डुबेर बेपत्ता
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–१८ भेडियारीमा गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा फरार चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान करिब ८ः५० बजेतिर मोटरसाइकल चालक स्थानीय मञ्जितकुमार यादव भाग्ने क्रममा भेडियारी पोखरीमा पसेका थिए । पोखरीमा हामफालेका उनी डुबेर बेपत्ता भएको श्रेष्ठले बताए । 

अस्थायी प्रहरी पोस्ट भेडियारीबाट असई ब्रह्मदेव यादवको नेतृत्वमा खटिएको टोलीले दुई जना सवार रहेको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोजेको थियो । त्यसक्रममा चालक मोटरसाइकल छाडेर भागेका थिए । लगत्तै उनी पोखरीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । घटनास्थलमा उनका आफन्तहरू भेला भई विवाद गरेपछि इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर प्रवीण घिमिरे तथा सशस्त्र प्रहरी बलको बीओपी जहदा भुटाहाबाट इन्स्पेक्टर तारानाथ गौतम नेतृत्वको टोली खटिएको छ । संयुक्त सुरक्षा टोलीले यादवको खोजी कार्य तीव्र पार्नुका साथै आफन्तहरूलाई सम्झाइबुझाइ गरिरहेको छ ।

मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । उनले बोकेको झोला जाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको जानकारी डीएसपी श्रेष्ठले दिए । बरामद गाँजा र मोटरसाइकलसहित शिवधर यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.