तेस्रो एनपीएल अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सूची सार्वजनिक
काठमाडौं : तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अक्सनमा सहभागी हुने १ सय ५५ खेलाडीको अन्तिम सूची सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार हुने अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो।
एनपिएलका लागि कुल ३ सय ४७ खेलाडीले नाम दर्ता गराएका थिए। छनोट भएका खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५ जना, ‘बी’ मा २७ जना र ‘सी’ मा १२३ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस !