काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वाटर फाइनल प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सले पराग्वेलाई १-० ले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा फ्रान्सका कप्तान केलियन एम्बापेले खेलको ७० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रतामा ल्याएका थिए। यही गोल नै निर्णायक सावित भयो।
पराग्वेलाई पराजित गर्दै क्वाटर फाइनल पुगेको फ्रान्सले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।
अन्तिम १६ को पहिलो खेलमा मोरक्कोले क्यानडालाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको थियो। मोरक्को र फ्रान्सले बिहिबार बोस्टन स्टेडियममा क्वाटर फाइनल खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस !