सरकारले सुकुम्बासीलाई ‘अलपत्र’ पार्न लागेको भन्दै प्रदर्शन

सरकारले सुकुम्बासीलाई ‘अलपत्र’ पार्न लागेको भन्दै प्रदर्शन

काठमाडौं : सुरक्षित पुनः स्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सुरक्षित पुनः स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले पटक–पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनः स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दलमर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक–पटक दवाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताए । उनले सरकारका बिभिन्न निकाय र प्रहरीहरुले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दवाव दिएको उल्लेख गरे । उनले आफूहरुलाई सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरे।

प्रदर्शनमा सहभागीहरुले डोजर होइन, समाधान दे, जनता मार्न पाइँदैन्, यस्तो सरकार चाहिँदैन, गरिबमाथिको ज्यादती बन्द गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरु आन्दोलित भएका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.