आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको घरमा प्रहरीको छापा

आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको घरमा प्रहरीको छापा
सुन्नुहोस्

विराटनगर: मोरङ प्रहरीले पटक-पटक विवादमा आइरहने आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको विराटनगरस्थित घरमा शनिबार बिहान छापा मारेको छ। गुण्डा नाइकेका रूपमा परिचित गिरीको घरमा प्रहरीले झिसमिसे बिहानैदेखि छापा मारेको हो।

मोरङ प्रहरी स्रोतका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा सर्च अपरेसन चलाइएको छ। शनिबार बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरिरहेको छ।

मोरङ प्रहरी प्रमुख  एसपी कवित कटवालले शंकास्पद वस्तु लुकाएको आशंकामा खोजी भइरहेको जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

अभिषेक गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै विवादमा आउने गरेका व्यक्ति हुन्। अपहरण मुद्दामा कैद सजाय भुक्तानका लागि कारागारभित्र रहँदासमेत उनी विभिन्न विवादमा तानिएका थिए।

कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। मोरङ कारागारको चौकीदार हुँदा कैदीबन्दीलाई यातना दिएर रकम असुली गरेको आरोप गिरीमाथि लागेको थियो। कारागारबाट छुटेपछि उनले मिटरब्याजको धन्दा चलाउने गरेको आरोपसमेत लाग्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.