अमेरिका र इरानबीच फेरि चर्कियो तनाव: इरानमाथि अमेरिकाको भीषण आक्रमण
ट्रम्पले भने– इरानले युद्धविराम तोड्यो
वासिङ्टन डीसी :अमेरिकाले शुक्रबार इरानमाथि आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल–ड्रोन ठेगानाहरू र तटीय रडार साइटहरूलाई निशाना बनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम (सीजफायर)उल्लंघन गरेकाले जवाफी कारबाही गरिएको बताएका छन्।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, जुन २५ मा इरानले होर्मुज जलडमरुमध्य (स्ट्रेट अफ होर्मुज) मा सिङ्गापुरको कार्गो जहाज एमभी एभर लभ्लीमाथि ड्रोन आक्रमण गरेको थियो। हवाई आक्रमण गर्नुअघि ट्रम्पले भने,'उनीहरूले हिजो एक पटक होइन, चार पटक आक्रमण गरे।'
यसैबीच, इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले होर्मुज जलडमरुमध्य इरानको नियन्त्रणमा रहेको र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूले इरानको नियम पालना गर्नुपर्ने बताएका छन्। उनले यो कदम युद्धविरामको उल्लंघन नभएर 'युद्धविराम व्यवस्थापन' (सीजफायर म्यानेजमेन्ट) भएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस !