विराटनगरका गुन्डा नाइके अभिषेक गिरी पक्राउ

विराटनगरका गुन्डा नाइके अभिषेक गिरी पक्राउ
सुन्नुहोस्

विराटनगर :  आपराधिक राज चलाइरहेका विवादास्पद छविका गुन्डा नाइके अभिषेक गिरी पक्राउ परेका छन् । शनिबार बिहान गिरीको विराटनगर मधुमारास्थित घरमा छापा मारेको प्रहरीले घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

घरमा अवैध हतियार लुकाएर राखेको आशंकामा पुगेको प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीसँग रकम असुल गरेको आरोपमा गिरीलाई पक्राउ गरेको हो । कारगारलाई आफ्नो नियन्त्रणमा लिएर कैदीबन्दीमाथि असुली धन्दा चलाइरहेका थिए । पैसा बुझाउन नसक्नेलाई कारागारभित्रै चरम यातना दिने गरिएको थियो  । 

अपहरण तथा शरीर बन्धक मुद्दामा मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए । कैद भुक्तान गरी छुटे पनि उनीमाथि मोरङ कारागारको आन्तरिक व्यवस्थापनमा सक्रिय भएको आरोप लाग्दै आएको थियो । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा गिरीलाई पक्राउ गरिएको बताए । ‘कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लगेको आरोप छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ ।’

विवादास्पद छविका गिरी गुन्डा नाइकेको रुपमा परिचित छन् । पछिल्लो दुई वर्षयता भने उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । कांग्रेसको संरक्षणमा गिरीले विराटनगरमा आतंक मच्चाइरहेका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.