एउटै मञ्चमा देखिँदैछन् ओली–प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौंमा लामो समयपछि एउटै मञ्चमा देखिँदै छन् । एमालेसँग संसद् र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड र ओली एउटै मञ्चमा देखिन लागेका हुन्।
स्रोतका अनुसार मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा दुई पूर्वप्रधानमन्त्री सँगै सहभागी हुन लागेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त विशेष कार्यक्रममा ओली र दाहालका साथै नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।
प्रतिक्रिया दिनुहोस !