रोहितकुमार पौडेलको कप्तानीमा लिग–२ खेल्ने टोली घोषणा
काठमाडौं : आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यो टिमले यूकेमा अभ्यास गर्ने र लिग–२ का लागि नेदरल्याण्ड्स जानेछ । यो श्रृंखला जुलाई २१ देखि ३१ सम्म चल्ने छ । टिममा वैकल्पिक खेलाडीको रुपमा युवराज खत्री नयाँ नाम समावेश गरिएको छ ।
नेदरल्याण्ड्स सिरिज खेल्ने नेपाली टोली : रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐर (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी ।
नेपालको खेल तालिका :
जुलाई २१ : नेपाल भर्सेस नामिबिया
जुलाई २३ : नेपाल भर्सेस नेदरल्यान्ड्स
जुलाई २७ : नेपाल भर्सेस नामिबिया
जुलाई २९ : नेपाल भर्सेस नेदरल्यान्ड्स
प्रतिक्रिया दिनुहोस !