पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे उपविजेता बन्दै नकआउटमा

पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे उपविजेता बन्दै नकआउटमा
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को अन्तिम खेलमा साउदी अरेबियालाई गोलरहित बराबरीमा रोक्दै केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणका ३ खेलमा ३ वटै बराबरी खेल्दै ३ अंकका साथ केप भर्डे समूह उपविजेता बनेको हो।

ह्युस्टन स्टेडियममा भएको साउदी अरेबियाविरुद्धको खेल बराबरीमा सकिएसँगै केप भर्डेले आफ्नो डेब्यु विश्वकपमै नकआउटको यात्रा तय गरेको हो। समूह 'एच' अन्तर्गत आजै भएको अर्को खेलमा स्पेनले उरुग्वेलाई पराजित गरेपछि केप भर्डेको नकआउट यात्रा निश्चित भएको हो।

यसअघि समूह चरणका खेलहरूमा केप भर्डेले बलिया प्रतिद्वन्द्वी स्पेन र उरुग्वेलाई पनि बराबरीमा रोकेको थियो।

अब राउन्ड अफ ३२ मा केप भर्डेले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिना र केप भर्डेबीचको यो रोमाञ्चक खेल आगामी जुलाई ३ मा मियामी स्टेडियममा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.