वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका-२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन्। 

पक्राउ मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ, भगवतले पोल्याण्ड पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ र विकासले क्यानडा  पठाइदिन्छु भन्दै ३ लाख ९२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए। 

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका-३ बाट र भगवतलाई काठमाडौं महानगरपालिका-४ बाट बुधबार तथा सरस्वतीलाई ललितपुर महानगरपालिका-२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.