रास्वपा पदाधिकारी उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
महामन्त्री र सहमहामन्त्रीमा उम्मेदवारको लर्को
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आज विहान पदाधिकारी उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
सार्वजनिक सूची अनुसार एक महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन् । सूचीमा जगदीश खरेल रहे पनि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
सहमहामन्त्री (खुला) २ पदका लागि ११ जनाले उम्मेदवारी परेको छ । जसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त छन् । सहमहामन्त्री (महिला) १ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन् ।


प्रतिक्रिया दिनुहोस !