प्रचण्ड,माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता

प्रचण्ड,माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता
तस्बिर : अन्नपूर्ण

विराटनगर : विराटनगरमा तीन नेताबीच गोप्य राजनीतिक संवाद भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच शुक्रबार बिहान विराटनगरमा भेटवार्ता भएको हो । 

विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था,पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा गम्भीर छलफल भएको जनाइएको छ । 

पछिल्ला केही सातायता देशको राजनीतिक परिस्थितिलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच निरन्तर संवाद र परामर्श भइरहेका बेला विराटनगरमा सम्पन्न यो भेटलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ । 

विशेषगरी बदलिँदो राजनीतिक समीकरण,संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय मुद्दामा दलहरूबीच सहकार्यको आवश्यकताका विषयमा नेताहरूले धारणा आदानप्रदान गरेको अनुमान गरिएको छ । यद्यपि, भेटका क्रममा कुन–कुन विषयमा के निष्कर्षसहित छलफल भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । सहभागी नेताहरूले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । 
राजनीतिक वृत्तमा भने वर्तमान सरकारको कार्यसम्पादन,संसद्को प्रभावकारिता,राष्ट्रिय सहमति आवश्यक पर्ने विषय तथा मुलुकको समग्र राजनीतिक दिशाका बारेमा तीन नेताबीच खुला रूपमा विचारविमर्श भएको हुन सक्ने चर्चा छ । 

औपचारिक विवरण सार्वजनिक नभए पनि देशको राजनीतिक परिवेश संवेदनशील बन्दै गइरहेका बेला फरक राजनीतिक धारका प्रभावशाली नेताहरूबीच विराटनगरमा भएको भेटलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर चासोका साथ हेरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.