रविको प्रतिवेदन : रास्वपामाथि निर्णायक षड्यन्त्र गर्ने कोही पनि संसदमा दोहोरिएर आउन सकेनन् (पूर्णपाठ)

रविको प्रतिवेदन : रास्वपामाथि निर्णायक षड्यन्त्र गर्ने कोही पनि संसदमा दोहोरिएर आउन सकेनन् (पूर्णपाठ)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा र आफूलाई सक्न राज्यका तीनै अंगको दुरुपयोग गरेको आरोप लगाएका छन्। 

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा उनले २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र आफूमाथि नांगो राजनीतिक प्रतिशोध सुरु भएको आरोप लगाएका हुन्। उनले रास्वपा र आफूमाथि षड्यन्त्र गर्नेहरू यसपटक कोही पनि संसदमा दोहोरिएर आउन नसकेको बताएका छन्। 

प्रतिवेदनमा भनिएको छ, ‘२०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र ममाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भयो र त्यसका लागि संस्थागत संयन्त्रहरु प्रयोग भए । संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइए । एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो । रातारात जेल स्थानान्तरण गरियो, 'अन्तिम इच्छा' सोधियो।’

प्रतिवेदनमा व्यवस्थापिकामा संसदीय छानबिन समितिको निर्णयलाई राजनीतिक उपकरण बनाइएको आरोप लगाइएको छ। ‘कार्यपालिका त अत्याचारको कारखाना नै भयो, न्यायपालिकासमेतको दुरुपयोग भयो। चयनात्मक न्याय भयो। हाम्रो पार्टी र नेतृत्वलाई यति कुटिल र जटिल कानुनी, राजनीतिक र संस्थागत चक्रव्यूहमा फसाइएको कि षड्यन्त्रकारीहरु रास्वपा सकियो भन्ने निष्कर्षमा थिए। सबै ढोकाहरू बन्द भएपछि हामी जनताको अदालतमा गर्यो। चालीस लाखभन्दा बढी नागरिकले यो राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर नै गरेर ऐक्यबद्धता जनाए’, प्रतिवेदनमा उल्लेख छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.