विकास निर्माण हचुवामा हुनु हुँदैन : बिजुक्छे

विकास निर्माण हचुवामा हुनु हुँदैन : बिजुक्छे
सुन्नुहोस्

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए। जनप्रतिनिधिहरूले जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्नुपर्ने तथा जनतामाझ सही सूचना प्रवाह गर्नुपर्ने विचार उनले व्यक्त गरे।

बिजुक्छेँले समाजमा देखिएका कमजोरी र विकृतिलाई सुधार्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै विकासलाई मात्र केन्द्रमा राखेर सम्पदामाथि असर पुग्ने गतिविधि गर्न नहुने बताए। उनले भक्तपुरको ऐतिहासिक पहिचान जोगाउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे।

पुरातात्त्विक महत्वका क्षेत्रहरूमा कुनै पनि निर्माण, पुनर्निर्माण वा उत्खनन कार्य गर्नुअघि सम्बन्धित विज्ञसँग परामर्श, अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले अज्ञानतावश गरिने निर्णयले ऐतिहासिक सम्पदामा क्षति पुग्न सक्ने भएकाले यस विषयमा जनप्रतिनिधि र सरोकारवाला निकाय सचेत हुनुपर्ने भनाइ राखे।

अध्यक्ष बिजुक्छेँले समाजलाई सही दिशामा अघि बढाउन विद्यार्थी, युवा तथा जनप्रतिनिधिहरूलाई निरन्तर शिक्षित र प्रशिक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्दै दूरदर्शी सोच, अनुशासन र जिम्मेवार नेतृत्वबाट मात्र समाजको समग्र विकास सम्भव हुने बताए। उनले विकास र संरक्षणलाई सँगसँगै अघि बढाएर भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउँदै समृद्ध समाज निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेको बताए। उनले निर्वाचन घोषणापत्रअनुसार काम गर्दै आएको चर्चा गरे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.