रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक चितवनमा बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तिम बैठक चितवनमा बस्ने भएको छ। सभापति रवि लामिछानेले केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो २ बजे भरतपुरस्थित दियालो फुडल्यान्ड, बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
यस अगाडि दिउँसो १ बजे होटल सीएमटी होटलमा बैठक बोलाइएको थियो।
बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि मनोनयन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन लगायतका विषय मुख्य एजेण्डा रहेको बुर्लाकोटीले बताए।
रास्वपाको केन्द्रीय समितिमा विधान संशोधनका लागि प्रस्ताव गरेर पारित गरेपछि संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्र हलमा पेश गरिनेछ। रास्वपाले विधानअनुसार महाधिवेशनका लागि बैठकबाट केही प्रतिनिधि मनोनयन गर्ने छ। महाधिवेशनमा झण्डै ३ हजार प्रतिनिधि सहभागी हुनेछन्।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ।
प्रतिक्रिया दिनुहोस !