अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता, स्विट्जरल्याण्डमा रातभर छलफल

अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता, स्विट्जरल्याण्डमा रातभर छलफल
सुन्नुहोस्

काठमाडौं : युद्ध अन्त्यको अन्तिम टुङ्गो लगाउनका लागि अमेरिका र इरानका उच्च प्रतिनिधिमण्डलबीच स्विट्जरल्याण्डको ल्युसर्न  शहरमा पहिलो चरणको प्रत्यक्ष वार्ता सुरु भएको छ । 

वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार यो महत्वपूर्ण छलफल रातभर जारी रहने सम्भावना छ । ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी गत हप्ता भएको प्रारम्भिक सहमतिपछि दुई देश औपचारिक रूपमा वार्ताको टेबलमा आमनेसामने भएका हुन् । आइतबार राति सुरु भएको यस वार्तामा मुख्य गरी तीनवटा विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

  • हर्मुज जलमार्ग खोल्ने विषयमा इरानको विरोधाभासपूर्ण सन्देशलाई स्पष्ट पार्ने ।
  • लेबनानमा जारी युद्धविरामलाई पूर्ण रूपमा लागू गराउने ।
  • इरानको आणविक कार्यक्रम र यसका प्राविधिक पाटाहरूको प्याकेज टुङ्ग्याउने ।

वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले लेबनानमा आफ्ना 'प्रोक्सी' (हिजबुल्लाह) लाई तुरुन्तै नरोके इरानमाथि फेरि कडा आक्रमण गर्ने धम्की दिएका थिए ।

ट्रम्पको यस धम्कीलाई इरानका मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले तत्कालै खारेज गरिदिएका छन् । गालिबाफले भनेका छन्, 'यदि उनीहरूको धम्कीको कुनै असर हुन्थ्यो भने आज अमेरिका यो निराशाजनक अवस्थामा पुग्ने नै थिएन । उनीहरू जतिसुकै कुरा गरुन्, एक्सन लिने हामी नै हौँ ।'

यस ऐतिहासिक वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्, जसमा ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ समेत सहभागी छन् । इरानका तर्फबाट गालिबाफसँगै विदेशमन्त्री अब्बास अराघची वार्तामा छन् ।

वार्तालाई निष्कर्षमा पुर्‍याउन मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखका साथै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पनि स्विट्जरल्याण्डमा उपस्थित छन् । यसै हप्ता दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको प्रारम्भिक सम्झौतामा युद्धलाई तत्काल रोक्ने उल्लेख छ, जसअन्तर्गत विश्वको २० प्रतिशत तेल र ग्याँस ओसारपसार हुने हर्मुज जलडमरूमध्य इरानले पुनस् खोल्नुपर्नेछ ।

अमेरिकाले इरानमाथिका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू हटाउने र इरानको पुनर्निर्माणका लागि ३०० बिलियन डलर को योजना स्वीकृत गर्नेछ ।सम्झौताको प्रयास भइरहँदा लेबनानमा इजरायल र हिजबुल्लाहबीचको बढ्दो तनावले वार्तालाई चुनौतीपूर्ण बनाएको छ । इजरायली हवाई आक्रमणमा परि दर्जनौँ लेबनानी नागरिकको ज्यान गइसकेको छ भने हिजबुल्लाहको आक्रमणमा इजरायली सैनिक मारिएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकहरू दक्षिणी लेबनानमै रहने अडान लिएका छन् भने हिजबुल्लाहले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.