४० वर्षीय गोलरक्षकको जोस

४० वर्षीय गोलरक्षकको जोस
सुन्नुहोस्

एटलान्टा : अमेरिकाको एटलान्टास्थित एटलान्टा रंगशालामा पूर्वविश्व विजेता स्पेन र कोप भर्डेबीचको खेल सकिएपछि विश्वक फुटबलले नयाँ स्टार पायो, भोजिन्हा। उमेरले चार दशक पार गरिसकेका उनले स्पेनजस्तो विश्वकपको उपाधि दावेदार टोलीसँग गरेको सानदार प्रदर्शनपछि एकाएक चर्चाको शिखरमा पुगे। 

विश्वकपकै पहिलो खेल र उपाधि दावेदार स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि उनी विश्वभर चर्चाको पात्र बन्न सफल भए। स्पेनसँगको विश्वकप फुटबलको पहिलो खेलमा भोजिन्हा पर्खालजस्तै खडा भएका थिए। स्पेनका विश्व चर्चित फरवार्डलाई उनले रोकेका थिए।

५ लाखभन्दा कम जनसंख्या भएको सानो टापु केप भर्डेको ऐतिहासिक प्रदर्शनको नायक बनेका भोजिन्हा सामाजिक सञ्जालमा निकै छाएका छन्। मैदानभित्र स्पेनलाई स्तब्ध पारेका उनी मैदान बाहिरको सामाजिक सञ्जालमा ‘हट केक’ बनेका छन्। भोजिन्हाले खेल अवधिभर स्पेनका सात उत्कृष्ट प्रहारलाई विफल पारेका थिए। विश्वकप डेब्युमै केप भर्डेले पूर्वविजेता स्पेनलाई बराबरीमा रोक्दै अप्रत्यसित नतिजा निकालेपछि टोलीको मनोबल उच्च बनेको छ। केप भर्डे अब नकआउट चरणमा स्थान बनाउने अभियानमा जुटिसकेको छ। 

उनको जन्म केप भर्डेको मिन्डेलोमा भएको थियो। धेरैजसो सानै उमेरमा खेलाडी बने पनि भोजिन्हाले भने २५ वर्षको उमेरमा मात्र व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए। उनले आफ्नो खेल जीवनमा केप भर्डे, माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी पछिल्लो पटक पोर्चुगलको चाभेसमा आबद्ध छन्। सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ९० खेल खेलेका छन्।

भोजिन्हाले टोलीको एकता नै सबैभन्दा ठूलो हतियार भएको बताए। ‘हाम्रो ठूलो हतियार भनेको हाम्रो एकता हो’, उनले भने, ‘धेरैले हामीलाई विश्वकपमा रमाइलो गर्न मात्र आएको सोचेका छन्। तर होइन, हामीसँग राम्रो टिम छ भन्ने हामीलाई थाहा छ। यो हाम्रो पहिलो पटक हो। तर, हामी यहाँ प्रतिस्पर्धा गर्न आएका हौं। हामी आफ्नो देशका लागि खेल्न आएका हौं।’

केप भर्डेको बहादुरी 

नवप्रवेशी केप भर्डेले पूर्वविश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै आफ्नो बहादुर देखाएको छ। समूह ‘एच’को खेलमा केप भर्डेले लुइस डी ला फ्युन्टेको प्रशिक्षणमा रहेको स्पेनलाई आच्छुआच्छु पारेको थियो। स्पेनले खेल अवधिभर केप भर्डेको पोस्ट्मा आक्रमण जारी राखे पनि गोलरक्षक भोजिन्हा पर्खाल जसरी उभिएका थिए।null

सन् २०१० को विश्वकप च्याम्पियन स्पेनको पछिल्ला तीन विश्वकप बिर्सनलायक रहेको थियो। उपाधि रक्षाको अभियानमा रहँदा रहँदै स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने त्यसपछि २०१८ र २०२२ मा टोलीको यात्रा अन्तिम १६ सम्म मात्रै सीमित रहेको थियो। सोमबार राति केप भर्डेसँगको नतिजाले स्पेन झन् दबाबमा परेको छ। 

अमेरिकाको एटलान्टास्थित 
एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले ७४ प्रतिशत खेल आफ्नो पक्षमा बनाएको थियो। आक्रमण पनि लगातार बुनेको थियो। तर, केप भर्डेका गोलरक्षक भोजिन्हाले ती सबै आक्रमणलाई विफल बनाएका थिए। जसका कारण फिफा वरीयताको तेस्रो स्थानमा रहेको स्पेन ६४औं स्थानको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो।

केप भर्डेलाई दबाबमा राख्दै गोल निकाल्ने रणनीति अनुरुप प्रशिक्षक लुइस डी ला फ्युन्टेले स्टार खेलाडी लामिन यमल र निको विलियम्सलाई मैदानमा उतारेका थिए। तर, नतिजा आफ्नो पक्षमा पार्न सकेन।

यसैगरी दुई पटकको अग्रता जोगाउन नसक्दा न्युजिल्यान्ड इराकसँग बराबरीमा रोकिएको छ। अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एञ्जलस स्टेडियममा मंगलबार बिहान भएको समूह ‘जी’को खेलमा न्युजिल्यान्ड र इरानले आफ्नो पहिलो खेलमा २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्। एलिजा जस्टले सातौं मिनेटमा गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसपछि रामिन रेजाइयनले ३२औं मिनेटमा गोल गर्दै इरानलाई खेलमा फर्काएका थिए। खेलको ५५औं मिनेटमा न्युजिल्यान्डले दोस्रो पटक अग्रता लिएको थियो। एलिजा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। तर, न्युजिल्यान्डले त्यो अग्रता जोगाउन सकेन। ६४औं मिनेटमा मोहमद मोहेबीले गोल गर्दै दोस्रोपटक खेल बराबरी गरेका थिए। समूह ‘जी’ कै अर्काे खेलमा बेल्जियम र इजिप्टले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। योसँगै चार वटै टोलीले एक÷एक अंक जोडेका छन्।

फिफा विश्वकपअन्तर्गत समूह ‘एच’को खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन्। मायामी रंगशालामा पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिएको हो। साउदीका अब्दुल्लाह अल अमिरीले ४१औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफमा आक्रामक बनेको उरुग्वेले ८०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो। म्याक्सिमिलिनो अरुजोले टोलीका लागि बराबरी गोल गरेका हुन्  ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.