काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ।
कानसास सिटी स्टेडियममा भएको खेलमा कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई हराएको हो।
पहिलो हाफमा लियोनल मेस्सीको गोल मार्फत अर्जेन्टिनाले अग्रता बनाएको थियो। दोस्रो हाफमा मेस्सीले थप २ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
खेलको १७ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे। उनले अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको हो। यो उनको विश्वकपमा १४ औं गोल हो।
खेलको ५३ औं मिनेटमा मार्टिनेजको प्रहार क्लियर भयो। खेलको ६० औं मिनेटमा मेस्सीले दोस्रो गोल गरे। पहिलो प्रहारको बचावमा अल्जेरियाका गोलकिपरले पन्च गरेर क्लियर नभएको बललाई मेस्सीले जाली चुमाएका हुन्।
खेलको ६६ औं मिनेटमा मेस्सीको प्रहार बाहिरियो। खेलको ७६ औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट उनले उत्कृष्ट गोल गरेका हुन्।
यो खेलमा अल्जेरिया छायाँमा पर्यो।
कीर्तिमानी मेस्सीको दबदबा, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी
३८ वर्षीय अर्जेन्टिनी कप्तान मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाए। सन् २००६ मा विश्वकपमा डेब्यू गरेका उनले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको रुपमा मैदानमा उत्रिए। यो खेल उनको लागि विश्वकपको २७ औं खेल थियो।
उनको लागि अर्जेन्टिर्नी जर्सीमा २०० औं अन्तर्राष्ट्रिय खेल हो। उनले खेल मात्रै खेलेनन्, अल्जेरियाविरुद्ध १७ औं मिनेटमा उत्कृष्ट गोल समेत गरे। ६० औं मिनेटमा मेस्सीले खेलमा दोस्रो गोल गरे। खेलको ७६ औं मिनेटमा तेस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनाको लागि आफ्नो ह्याट्रिक पूरा गरे।
मेस्सीको यो पहिलो विश्वकपको ह्याट्रिक हो। हालसम्म उनले विश्वकपमा ह्याट्रिक गरेका थिएनन्। यो खेलमा ३ गोल गरेसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जमर्नीका मिरोस्लाभ क्लोजले १६ गोलको रेकर्ड बराबरी गरेका छन्। यो विश्वकपको आगामी खेलमा यो रेकर्ड मेस्सीले तोड्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस !