बजेट कार्यान्वयनमा समस्या आउँदैन : मन्त्री लिङ्थेप

बजेट कार्यान्वयनमा समस्या आउँदैन : मन्त्री लिङ्थेप
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका हुन् ।

उनले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भए पनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने समेत बताए । लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले अनुकूल मौसम, नीतिगत स्थिरता, कृषि र उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा गरिने लगानीबाट आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने आशा व्यक्त गरे । कोशी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० अरब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.