फेरियो रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने भनिए पनि उक्त स्थान परिवर्तन गरी भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
स्थान परिवर्तन भएसँगै चितवनको टाँडीमा करिब ६ हजार अट्ने बाँसको पंडाल बनाउने काम स्थगित गरिएको उनले बताए । आगामी असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको छ । पार्टीको स्थानीय जिल्ला र नगर कमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अगाडि बढाइएको केन्द्रीय सदस्य गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस !