वीरगन्जको मेनरोडमा फेरि चल्ने भयो डोजर

वीरगन्जको मेनरोडमा फेरि चल्ने भयो डोजर
फाइल तस्बिर।
सुन्नुहोस्

वीरगन्ज : त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मेन रोडमा भत्काउन बाँकी रहेका घर र भवनहरुमा फेरि डोजर चल्ने भएको छ। गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा  सडक सीमा क्षेत्रमा दायाँ/बायाँ, २५/२५ मिटर पर्ने घर,भवन लगायतका संरचना डोजर लगाएर भत्काएको थियो। त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुरोध गर्दापनि सम्बन्धित घरजग्गा धनीहरुले आँफैले खाली नगरेपछि सडक विभागले फेरि डोजर लगाएर बाँकी संरचनाहरु हटाउने भएको हो।

मंगलबार सडक विभाग मातहतको सडक डिभिजन हेटौंडाले सूचना जारी गर्दै अबको ५ दिनभित्रमा घरजग्गा धनीहरु आँफैले सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरु खाली नगरे सडक विभागले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्यअन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाउने जानकारी गराएको छ।

सडक डिभिजन हेटौंडाले मंगलबार जारी गरेको सुचनामा भनिएको छ 'त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ बायाँ २५/२५ मिटर सडक सीमा संरक्षण कार्य गत बैशाख ६ गतेबाट प्रारम्भ गरेकोमा उक्त कार्यपश्चात् पनि क्षतिग्रस्त भवनमा हालसम्म पनि बसोबास र व्यापार गरिरहेको बुझिएकोले उक्त जोखिमयुक्त भवनहरूमा बसोबास नगर्न तथा व्यापार व्यवसाय सञ्चालन नगर्न यस डिभिजन अनुरोध गर्दछ । यस सूचनालाई अवज्ञा गरी कुनै अप्रिय घटना घटेमा निज स्वयम् जिम्मेवार हुने व्यहोरा जानकारी गराइन्छ । साथै सडक सीमा भित्र बाँकी रहेका संरचनाहरू ५ दिनभित्र आफैँ हटाउनुहुन अनुरोध छ । अन्यथा यस डिभिजनबाट सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाइने व्यहोरा समेत जानकारी गराइन्छ ।'

गत बैशाख ६ र ७ गते सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ/बायाँ २५/२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डोजर चलाएर आंशिक रुपमा भत्काएको थियो। त्यसपछि केही घरधनी आँफैले २५/२५ मिटर क्षेत्रमा पर्ने घरहरु भत्काएका थिए। तर घण्टाघरदेखि माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेनरोड क्षेत्रका अधिकांश घर र भवनहरु भने घरधनीहरुले भत्काएका छैनन्।

यता सडक विभागले डोजर चलाएपछि मेनरोड क्षेत्रका घरधनीहरुले सडक विस्तार कार्य रोक्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। सडक विस्तार कार्य रोक्नुपर्ने र मेनरोडलाई शहरी मार्ग कायम गर्नुपर्ने उनीहरूको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.