प्युठानमा भेलले बगाएका दुई दाजुभाइको शव फेला
प्युठान : मंगलबार विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएर बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ। नौबहिनी गाउँपालिका–५ का मिलन खत्री र विमल खत्रीको शव फेला परेको हो।
काँटेमा रहेको जनता प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययनरत् बिमलको शव घटनास्थल जोगिपँधेरामै फेला परेको छ भने उनका दाजु (कक्षा ३ मा अध्ययनरत्) मिलनको शव करिब १ किलोमिटर तल फेला परेको स्थानीयले जनाएका छन्। बर्खे भेलले बगाएको खबर पाउनासाथ स्थानीय बासिन्दा र प्रहरीले उनीहरूको खोजी सुरु गरेका थिए।
उनीहरू वर्षापछि एक्कासि आएको भेलमा परेका थिए। एउटै घरका दुई स्कुले दाजुभाइको ज्यान गएपछि यतिबेला गाउँ नै शोकमा डुबेको छ।
प्रतिक्रिया दिनुहोस !