बोलेरोमा भेटियो १०९ केजी गाँजा, २ जना पक्राउ

बोलेरोमा भेटियो १०९ केजी गाँजा, २ जना पक्राउ

वीरगन्ज : बोलेरो गाडीमा लागू ओैषध गाँजा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बा१९ च ५७३८ नम्बरको बोलेरो गाडीका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का ३० वर्षीय सुभाष थामी र त्यही ठाउँका २८ वर्षीय छत्र बहादुर थामी रहेका छन्।

वीरगन्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्ट-परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले पथलैयाबाट वीरगन्ज आउँदै गरेको बा १९ च ५७३८ नम्बरको बोलेरो गाडी रोकेर चेकजाँच गरेको थियो। 

त्यस क्रममा उक्त गाडीमा त्रिपालले छोपेर राखिएको अवस्थामा ८ वटा पोकामा रहेको १०९ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद गाँजा र गाडीसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.