प्यूठानमा विद्यालयबाट फर्कँदै गरेका दाजुभाइलाई भेलले बगायो
प्यूठान : स्कुल सकेर घर फर्कँदै गरेका एकै घरका दुई दाजुभाइ स्कुले बालकलाई भेलले बगाएको छ। एकको शव फेला परेको छ भने अर्का एकको खोजी कार्य जारी छ ।
नौबहिनी गाउँपालिका-५ काँटेमा रहेको जनता प्राथमिक विद्यालयमा पढाई सकेर घर फर्कँदै गरेका दाजुभाइलाई जोगिपँधेरामा बर्खे भेलले बगाएको हो। भेलमा परेका कक्षा १ मा अध्ययन गर्ने बिमल खत्रीको शव भेटिएको स्थानीयले बताएका छन्। कक्षा ३ मा अध्ययनरत उनका दाई मिलन खत्रीको खोजी कार्य जारी रहेको छ।
उपल्लो क्षेत्रमा धेरै वर्षातका कारण एक्कासि भेल आएको स्थानीयले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !