एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज दोस्रो साता

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज दोस्रो साता
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)  को तेस्रो संस्करण असोजमा दोस्रो साता हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तेस्रो संसकरण तेसो संस्करण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आयोजना हुने जनाएको छ । 

सहभागी फ्रेन्चाइज टिम र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरेको पनि आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दशैँ अगाडि हुने यस लिगमा दर्शकलाई चाडपर्वको खेलको मनोरञ्जन पनि एक साथ दिने आयोजकको विश्वास छ । एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिगको रुपमा समेत रहेको यस लिगले नेपालको महिला भलिबलको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ । 

null

यसअघि दुई संस्करण भव्य रुपमा सम्पन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रुपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ । यसअघि पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना थियो । तर केही प्राविधिक कारणले बीचमा स्थगित भएकाले काठमाडौंमै दोस्रो संस्करणको बाँकी खेलसहित फाइनल सम्पन्न भएको थियो ।

कर्णाली यशविसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । दोस्रो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए । एभरेष्ट महिला भलिबल लिगका टेक्निकल डिरेक्टर जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताए ।

‘एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्ष भन्दा अझ भव्य र उत्कृष्ट हुनेछ । किनभने नेपालको महिला भलिबल अहिले एफआईभिबी विश्व वरियतामा पनि समावेश छ, एसियाको शीर्ष दश वरियतामा पुगेको छ र जापानमा हुजे एसियन गेम्समा पनि छनोट भएको छ,’ भट्टले भने, ‘यस पटक काठमाडौमै लिग हुँदैछ । यो लिगले खेलाडीहरुले आर्थिक रुपमा पनि केही आर्जन गर्नेछन् । यसले गर्दा पनि यो लिगले नेपालको महिला भलिबल विकासमा ठूलो सहयोग पुग्छ ।’ राष्ट्रिय खलेकुद परिषदको कभर्ड हलमा स्तरोन्नतिपछि काभा महिला भलिबल प्रतियोगितादेखि राष्ट्रियस्तरका अन्य प्रतियोगिताहरु पनि आयोजना भइसकेको र यस पटक काठमाडौंमै लिग  आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.